
पोखरा, २२ चैत । नेपाल पत्रकार महासंघ कास्की अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा केशवशरण लामिछाने र विमला भण्डारीले उम्मेदवारी दिएका छन् । केशवशरण चौतारी निकट हुन् भने बिमला प्रेस युनियन निकट हुन् ।
यस्तै उपाध्यक्षमा अर्जुन गिरी, रञ्जन अधिकारी र रामप्रसाद तिमिल्सिनाको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक बद्रीविनोद प्रतीकले जानकारी दिए ।
उपाध्यक्ष महिलामा जमुना वर्षा शर्मा र रविना आले, सचिवमा गौतम रानाभाट, दीपक परियार र माधव बराल, सहसचिव समावेशीमा दीपककुमार श्रेष्ठ र रेशमबहादुर बिक तथा कोषाध्यक्षमा एकराज गिरी, ओमप्रकाश उपाध्याय र कृष्ण दवाडी छन् ।
सदस्य महिलामा तारा चापागाई दुवे र सपना अधिकारी, सदस्य दलितमा विजय नेपाली र सुरेश सुनार, आदिवासीय जनजाति सदस्यमा खिमकुमारी गुरुङ खीमा र पदम श्रेष्ठ, समावेशी अन्य सदस्यमा जैनव खातुन र सूर्यबहादुर परियार छन् । आठ जना खुला सदस्यमा २२ जनाको उम्मेदवारी परेको छ ।
जसमा उमा आले मगर, कञ्चन थापा, कमल सुवेदी, गीता राना मगर, गौरव त्रिपाठी, धन बहादुर गुरुङ (सुमन), पुष्पराज दाहाल, प्रभु अधिकारी, विनिता सुनार खातुन, वीरेन्द्र सापकोटा, विष्णु गौतम
भीम बहादुर थापा (भीम भाइ), भेषराज सुवेदी (जीवन सुवेदी), रोहितराज पराजुली, शिवराज बस्ताकोटी (शिव दाइ), सन्तोष बस्याल, सन्तोष सुवेदी, सन्दीप पौडेल, सुरेश अधिकारी, श्रीभद पौडेल, युवराज गुरुङ (युनिश) र हरि पन्त छन् ।
राष्ट्रिय परिषद् सदस्यमा १४ जनाले मनोनयन दर्ता गरेका छन् । जसमा ७ जना आवश्यक पर्छ । उम्मेदवारी दिनेमा आरजु विष्ट सल्यानी (मोहन कुमार विष्ट), ऋषिकान्त पौडेल, कमल पौडेल ‘अथक’,
खेमबहादुर सारु, गणेशमान गुरुङ, गंगाधर पराजुली , विभु भुषाल , लिना गुरुङ, रमेश पौडेल, राजबहादुर गुरुङ, राजेश पराजुली, श्यामनाथ कुँवर, सुष्मा कुमारी पौडेल र हुमबहादुर गुरुङ (तमु) रहेका छन् ।
२१ जना प्रदेश परिषद् सदस्यका लागि २८ जना मैदानमा छन् । ती हुन्, ऋषिराम बराल, कृष्णराज आचार्य (रचित), गिरीधारी पोख्रेल, घनश्याम पाण्डे, टंकराज अधिकारी, दीननाथ बराल,
दीपा रेग्मी, दुर्गाप्रसाद शर्मा, देवेन्द्र बास्तोला, नारायणप्रसाद देवकोटा (लक्ष्मीनारायण), पदम रेग्मी, प्रकाशचन्द्र सापकोटा, प्रकाश ढकाल, प्रशान्त लामिछाने, बालकुमारी पौडेल ‘तारा’, वासुदेव पौडेल, भानु पराजुली, भेषराज पौडेल, मोतीलाल अधिकारी, राम गुरुङ, लोकेन्द्र ढकाल, शशीकुमार पौडेल, शिशिर पौडेल, सावित्री खनाल, सुदीपराज ढुंगाना, सुरज श्रेष्ठ, सुरेनकुमार नेपाली र हिमनिधि लौडारी रहेका छन् ।
उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन सोमबार हुनेछ । मतदान चैत २५ मा हुनेछ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



