
काठमाडौं, २३ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घ र डेभलपमेन्ट बैङ्कर्स एसोसिएशन नेपालबीच लघु, घरेलु, साना तथा मझौला उद्यममा वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
महासङ्घका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएशनका प्रथम उपाध्यक्ष प्रद्युम्न पोखरेलको उपस्थितिमा समझदारीपत्रमा महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेन्ट बैङ्कर्स एसोसिएशन नेपालका अध्यक्ष गोविन्दप्रसाद ढकालबीच हस्ताक्षर भएको हो ।
समझदारीअनुसार एसोसिएशनका सदस्य विकास बैंकलाई लघु, घरेलु साना तथा मझौला उद्योगहरूको मागअनुसार सरल एवम् सहज रूपमा कर्जा प्रवाह गर्न सहजीकरण गर्ने, व्यवसायीलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया सहज गरिनेछ । यस्तै, कर तथा बजार व्यवस्थापनसम्बन्धी जानकारी दिन कार्यक्रम सञ्चालन गर्ने, उत्पादनमूलक व्यवसाय र रोजगारी सिर्जना गर्ने व्यवसायको प्रवद्र्धनका लागि सहयोग पुग्ने किसिमका कार्यक्रम सञ्चालन गरिनेछ ।
वित्तीय सेवाहरूको छनौट र प्रयोग गर्र्न सक्ने क्षमता विकास गराउने र भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजना बनाउन सक्ने ज्ञान र सीप प्रदान गर्न सहजीकरण गरिनेछ । कृषि कर्जा, महिला उद्यमी कर्जा, लघु, घरेलु, साना तथा मझौला उद्योगहरूलाई प्रवाह गरिने कर्जाहरूलाई प्राथमिकतामा राखी प्रविधिमैत्री बनाउने र त्यसका लागि उचित तालीमको व्यवस्था मिलाइने समझदारीमा समावेश छ ।
कार्यक्रममा महासङ्घका उपाध्यक्ष श्रेष्ठले साना तथा मझौला व्यवसायले विशेषगरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले सम्बोधन गर्ने विश्वास व्यक्त गरे । मुलुकभित्र कूल रोजगारीमा करीब ९५ प्रतिशत योगदान सो क्षेत्रकै भएकाले यो समझदारीले विशेष सहयोग पुग्ने बताए ।
डेभलपमेन्ट बैङ्कर्स एसोसिएशन नेपालका अध्यक्ष ढकालले लघु, घरेलु साना तथा मझौला व्यवसायको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायत सेवा प्रवाहमा सहजीकरण गराउने उद्देश्यले समझदारी गरिएको जानकारी दिए।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



