सोमबार सुनचाँदीको मूल्य घट्यो, कारोबार कतिमा भयो ?

-



     सफल आवाज    
     चैत्र २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ चैत । साताको दोश्रो दिन सोमबार आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनमा आज २०० रुपैयाँले गिरावट आएको हाे भने चाँदीमा ५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन शुक्रबारको झैं स्थिर रहि प्रतिताेला ८७ हजार ४०० सय रुपैयाँमा कारोबार भएको थियाे ।

आज तेजाबी सुन प्रतितोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ८६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको छ । आईतबार चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।