
काठमाडौं, २३ चैत । साताको दोश्रो दिन सोमबार आज नेप्से दोहोरो अंकले बढेको छ । नेप्से आज १.१३ अंकले बढेर २६५८.७४ विन्दुमा पुगेको छ । नेप्से ०.०४ प्रतिशतले बढ्दा सेन्सेटिभ एण्डेक्स भने १.०९ अंकले बृद्धि भई ४७१.८४ विन्दुमा पुगेको छ ।
आज कुल २१२ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ५८ लाख ५३ हजार १५६ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज शेयर कारोबार भएका १३ उपसमूहमध्ये ६ वटाले रातो पाएका छन् अर्थात उनीहरुको शेयर घटेको छ । ७ उपसमूहरुमा भने हरियाली छाएको छ अर्थात उनीहरुको शेयर बढेको छ ।
आज रातो लागेका उपसमूहरुमा बैंकिङ, विकास बैंक, फाइनान्स, नीर्जिबन बीमा, जिवन बीमा र लगानी उपसमूहरु रहेका छन् । हरियो लागेका उपसमूहरुमा व्यापार, होठल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन, अन्य, माइक्रोफाइनान्स र म्युचुअल फण्ड रहेका छन् ।
आज सबैभन्दा बढी अपर तामाकोशीको कारोबार भएको छ । कम्पनीकाे ४ करोड ७५ लाख रुपैयाँ बढीकाे काराेबार भएकाे छ । दाेस्रोमा आइएमई जनरल र तेस्रोमा निफ्रा रहेकाे छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



