
पोखरा, २३ चैत । नेपाल पत्रकार महासंघ कास्कीको चुनावी प्रक्रियाअन्तर्गत अन्तिम नामावली प्रकाशन भएको छ । पदाधिकारी सबैमा २–२ जनाको उम्मेदवारी कायम भएको छ । खुला सदस्यमा ९ जनाको लागि २२ जनाको उम्मेदवारी छ ।
निर्वाचन समिति संयोजक बद्रीवनोद प्रतीकका अनुसार आइतबार भएको मनोनयनमा सोमबार दाबी विरोध तथा उम्मेदवारी फिर्ताको समयमा रहेकोमा उपाध्यक्ष पदका उम्मेदवार रञ्जन अधिकारी, सचिवका उम्मेदवार गौतम रानाभाट र कोषाध्यक्ष ओमप्रकाश उपाध्यायले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रदेश परिषद् सदस्यमा आवश्यक २१ जना निर्विरोध भए । निर्विरोध हुनेमा ऋषिराम बराल, कृष्णराज आचार्य रचित, गिरीधारी पोख्रेल, घनश्याम पाण्डे, टंकराज अधिकारी, दिननाथ बराल, नारायणप्रसाद देवकोटा, प्रकाशचन्द्र सापकोटा, प्रशान्त लामिछाने, वासुदेव पौडेल, भानु पराजुली, राम गुरुङ, लोकेन्द्र ढकाल, शिशिर पौडेल, सुदीपराज ढंगाना, सुरज श्रेष्ठ र हिमनिधि लौडारी निर्विरोध भएका हुन् ।
यस्तै प्रदेश परिषद् महिला सदस्यमा दीपा रेग्मी, बालकुमारी पौडेल तारा र सावित्री खनाल र दलिततर्फ सुरेनकुमार नेपाली निर्विरोध भए । दुर्गाप्रसाद शर्मा र शशिकुमार पौडेलको सदस्यता अवधि ५ वर्ष पूरा नभएकोले उम्मेदवारी रद्द भयो । सो पदमा देवेन्द्र बास्तोला, मोतिलाल अधिकारी, भेषराज पौडेल र प्रकाश ढकालले उम्मेदवारी फिर्ता लिए।
चुनावी प्रतिस्पर्धामा नेतृत्वका लागि केशवशरण लामिछाने र विमला भण्डारीबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
उपाध्यक्ष खुलामा अर्जुन गिरी र रामप्रसाद तिमिल्सिना, उपाध्यक्ष महिलामा जमुना शर्मा वर्षा र रविना आले, सचिव दीपक परियार र माधव बराल, सहसचिव समावेशीमा दीपककुमार श्रेष्ठ र रेमबहादुर बिक, सहसचिवमा एमबि आस्था र रेमबहादुर बिक, कोषाध्यक्ष एकराज गिरी र कृष्ण दवाडी रहेका छन् ।
महिला सदस्यमा तारा चापागाई दुवे, सपना अधिकारी, दलित सदस्यमा विजय नेपाली र सुरेश सुनार, आदिवासी जनजाति सदस्यमा खिमकुमारी गुरुङ खिमा र पदम श्रेष्ठ, अन्य समावेशी सदस्यमा जैनव खातुन र सूर्यबहादुर परियार रहेका छन् ।
खुला सदस्यमा उमा आले मगर, कञ्चन थापा, कमल सुवेदी, गीता राना मगर, गौरव त्रिपाठी, धन बहादुर गुरुङ (सुमन), पुष्पराज दाहाल, प्रभु अधिकारी, विनिता सुनार खातुन, वीरेन्द्र सापकोटा, विष्णु गौतम, भीम बहादुर थापा (भीम भाइ), भेषराज सुवेदी (जीवन सुवेदी), रोहितराज पराजुली, शिवराज बस्ताकोटी (शिव दाइ), सन्तोष बस्याल, सन्तोष सुवेदी, सन्दीप पौडेल, सुरेश अधिकारी, श्रीभद्र पौडेल, युवराज गुरुङ (युनिश) र हरि पन्त छन् ।
राष्ट्रिय परिषद् सदस्यमध्ये २ महिला सदस्यमा सुष्माकुमारी पौडेल र लिना गुरुङ निर्विरोध भए । आदिवासी जनजाति १ मा राजबहादुर गुरुङ र हुमबहादुर गुरुङ (तमु) प्रतिष्पर्धामा छन् । खुला ४ मध्ये आरजु विष्ट सल्यानी (मोहन कुमार विष्ट), ऋषिकान्त पौडेल, कमल पौडेल ‘अथक’, खेमबहादुर सारु, गणेशमान गुरुङ, गंगाधर पराजुली, पदम रेग्मी, विभु भुषाल, रमेश पौडेल, राजेश पराजुली र श्यामनाथ कुँवर उम्मेदवार छन् ।
मतदान महासंघ सभाहल, मुस्ताङचोकमा चैत २५ गते बिहानदेखि सुरु हुनेछ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



