रुरु जलविद्युत परियोजनाको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

-



     सफल आवाज    
     चैत्र २४ गते २०७७ मा प्रकाशित



काठमाडौं, २४ चैत । रुरु जलविद्युत परियोजनाको आइपीओमा आवेदन दिने आज अन्तिम मौका हो । परियोजनाले चैत २० गतेदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले २० रुपैयाँ प्रिमियम थप गरेर सर्वसाधारणका लागि ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको थियो । जस्मा ८ हजार १५४ कित्ता कर्मचारीको लागि, २० हजार ३८५ कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।

लगानीकर्ताहरुले एनएमबि क्यापिटल, रुरु जलविद्युत परियोजना तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै उनीहरुले मेरो शेयर तथा मेरो एपबाट पनि आवेदन दिन सक्नेछन् ।

रुरु जलविद्युतको आइपीओमा अहिलेसम्म ४९.३१ गुणा बढी आवेदन परिसकेको छ । १ करोड ८६ लाख ९७ हजार ५७० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक रहेको एनएमबि क्यापिटलले बताएको छ ।