बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर

-



     सफल आवाज    
     चैत्र २४ गते २०७७ मा प्रकाशित



काठमाडौं, २४ चैत । साताको तेश्रो दिन मंगलबार आज छापावाला सुनको मूल्य सामान्य किसिमले बढेको छ । चाँदीको भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन रुपैयाँ ३०० ले बढेर प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार ७५० रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी सोमबारको झैं १ हजार २३५ रुपैयाँमा कारोबार भएको छ ।