नेप्से १५.७२ अंकले बढ्यो, ७ अर्ब ४७ करोड बढीको कारोबार

-


     सफल आवाज    
     चैत्र २४ गते २०७७ मा प्रकाशित


काठमाडौं, २४ चैत । शेयर बजारमा आज सकारात्मक संकेत देखिएको छ । आज नेप्से दोहोरो अंकले बढ्दा शेयर कारोबार सन्तोषजनक मानिएको छ ।

नेप्से परिसूचक आज १५.७२ अंकले बृद्धि भएर २६७४.४६ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । नेप्से आज ०.५९ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ४.३४ अंकले बढेर ४७६.१८ विन्दुमा पुगेको छ ।

आज २१३ वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता शेयर खरिदबिक्री भएको छ भने ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १३ उपसमूहमध्ये ६ वटा उपसमूहमा रातो लागेको छ अर्थात उनीहरुको शेयर घटेको छ । बाँकी ७ उपसमूहहरुमा हरियाली छाएको छ अर्थात उनीहरुको शेयर बढेको छ ।

बैंकिङ, व्यापार, फाइनान्स, नीर्जिबन बीमा, अन्य र जिवन बीमा उपसमूहहरुको शेयर घट्दा आज होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र लगानी उपसमूहरुको शेयर बढेको छ ।