डेभलपमेण्ट बैंकर्स एसोसिएसनको नयाँ कार्यसमिति गठन, अध्यक्षमा मुक्तिनाथका सिइओ पोखरेल

-


     सफल आवाज    
     चैत्र २४ गते २०७७ मा प्रकाशित


काठमाडौं, २४ चैत । डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल सर्वसम्मत भएका छन् । एशोसियसनको मंगलबार भरतपुरमा १५ औं वार्षिक साधारणसभाले सर्वसम्मत् कार्यसमिति चयन गरेको हो ।


उपाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भए भने सचिवमा महालक्ष्मी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा छन् । यस्तै, कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत कोषाध्यक्षमा चयन भएका छन् ।
एशोसिएसनको सदस्यमा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, सप्तकोशी डेभलपमेण्ट बैंकका नवीन सुवेदी, ग्रिन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य चयन भएको निर्वाचन समितिले जनाएको छ ।


साधारणसभाले आव २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आव २०७७/०७८ को अनुमानित आय व्यय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।


नवनिर्वाचित कार्यसमितिले कार्यभार समेत सम्हाली सकेका छन् । कार्यभार सम्हाल्दै एसोसिएसनका अध्यक्षले सबैको सहयोगबाट विकास बैंकहरुको हक र हितका लागि काम गर्न प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष पदमा निर्वाचित गर्ने सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे ।

एसोसिएसनमा १५ सदस्य बैंकमध्ये १४ सदस्य विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृत उपस्थित थिए ।