धौलागिरी लघुबित्तको प्रमुख कार्यकारी अधिकृतमा बाेहरा

-



     सफल आवाज    
     चैत्र २५ गते २०७७ मा प्रकाशित



पाेखरा, २५ चैत । धौलागिरी लघुबित्त वित्तीय संस्था लिमिटेड को प्रमुख कार्यकारी अधिकृतमा मीन बहादुर बोहरा नियुक्त भएका छन् । लघुबित्तको सञ्चालक समितिले चैत २५ गतेबाट लागुहुने गरि ४ वर्षे कार्यकालका लागि बोहरालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेकाे संस्थाका कम्पनी सचिव तथा योजना बिभाग प्रमुख निर्मल गौतमले सफल आवाजलाई बताए ।

बडिकेदार गाउँपालिका १ डोटी घर भएका मीन बहादुर बोहराकाे ग्रामिण लघुबित्त वित्तीय संस्थामा १५ वर्ष, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको कायम मुकाय प्रमुख कार्यकारी अधिकृत सहित ३ वर्ष, कालिका लघुबित्त वित्तीय संस्था लिमिटेको प्रमुख कार्यकारी भइ ३.५ वर्ष र नेपाल एग्रो लघुबित्तमा ८ महिना निमित्त प्रमुख कार्यकारी भै कार्य गरेको अनुभव छ ।

नेपाल एग्रो लघुबित्त र ईन्फिनिटी लघुबित्त मर्जर भए पश्चात बागलुङ जिल्लामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुबित्त धौलागिरी लघुबित्तमा गएका बाेहरालाई आजै संस्थाका अध्यक्षले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।