पत्रकार महासंघ कास्कीमा झण्डै ९८ प्रतिशत मतदान

-



     सफल आवाज    
     चैत्र २५ गते २०७७ मा प्रकाशित



पोखरा, २५ चैत । नेपाल पत्रकार महासंघ कास्कीको चुनावमा झन्डै ९८ मत खसेको छ । ३ सय १२ मतदातामध्ये बुधबार भएको मतदानमा ३ सय ५ मत अर्थात ९७.७५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।

पत्रकार महासंघ कास्कीको भवन मुस्ताङ्चोकमा बिहान साढे ९ देखि सुरु मतदान साँझ साढे ५ बजेसम्म चलेको थियो । मतगणना बुधबार राति ८ बजेदेखि नै सुरु गर्ने गरी निर्वाचन समितिले तयारी थालेको छ ।

महासंघको केन्द्र, प्रदेश, शाखा, एशोसियटका लागि देशभर एकै पटक भएको मतदानमा मतदाताले उत्साहसाथ भाग लिएका हुन् ।

कास्कीमा प्रेस चौतारीका केशवशरण लामिछाने र प्रेस युनियन नेपालकी विमला भण्डारी प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । ४८ पदका लागि भएको निर्वाचनमा ८० बढी उम्मेदवार छन् । कास्की शाखाबाट प्रदेश परिषद् सदस्यका लागि आवश्यक २१ उम्मेदवार यसअघि सर्वसम्मत भइसकेका छन् । साथै केन्द्रीय परिषद सदस्यमा २ महिला सदस्य पनि निर्विरोध भइसकेका छन् ।

रातिदेखि मतगणना सुरु भएमा बिहीबार बिहानसम्म मतगणनाको अन्तिम परिणाम आउन सक्ने निर्वाचन समिति संयोजक वद्रीविनोद प्रतीकले जानकारी दिए ।