नेपाल बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङको शेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     चैत्र २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ चैत । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बिहिबार दुई कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा १ करोड ४५ लाख २४ हजार १४८.२४ कित्ता शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत गराएका दुई कम्पनीहरुमा नेपाल बैंक लिमिटेड र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स रहेका छन् ।

नेपाल बैंकको १ करोड ३५ लाख ३९ हजार ३८४.२४ कित्ता (१२ प्रतिशत) बोनस शेयर तथा ३ लाख ४४ हजार ७६४ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको ६ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गरेकोमा सोहि शेयर नेप्सेमा सूचीकृत भएको हो ।