
काठमाडौं, २७ चैत । साताको छैटौं दिन शुक्रबार आज पनि सुनचाँदीको मूल्य उकालो लागेको छ । आज छापावाला सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी २० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९०० रुपैयाँले बृद्धि भएर ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन आज प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



