
काठमाडौं, २७ चैत । एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७६/२०७७ काे मुनाफाबाट शेयरधनीहरूलाई १२.६३ लाभांश वितरणको घोषणा गरेको छ ।
बैंकको अहिले कायम भएको चुक्ता पूँजीमा १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगदसहित १२.६३ प्रतिशत लाभांश वितरणको घोषणा गरिएको हो ।
बैंक संचालक समितिको बैठकका अनुसार ९ करोड ७३ लाख ३४ हजार ५४६ रुपैयाँ बराबरको रकम बोनस वितरणको लागि खर्च गर्ने भएको हो । साथै ५२ लाख २२ हजार ८७० रुपैयाँ नगद लाभांश वितरण गरिने भएको छ ।
बैंकको संचालक समितिले प्रस्ताव गरेको उक्त लाभांशलाई नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी दिनमा हुने साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीका सचिव श्याम बहादुर बोहोराले जानकारी दिएका छन् ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



