
पोखरा,२७ चैत । पोखराको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले विद्यार्थीहरुका लागी आज स्वागत तथा उत्प्रेरणा कार्यक्रम गरेको छ । पाेखरा ग्राण्डमा भएकाे कार्यक्रममा आगामी शैक्षिक सत्रका लागी विएचएम, बिबिए र बिबिए विआईमा उक्त कलेजमा नयाँ भर्ना भएका विद्यार्थीलाई कलेजका अध्यक्ष अशोक पालिखे, प्रीन्सिपल प्रकाश रेग्मी लगायतले माला खादाले स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष अशोक पालिखेले सन् १९९८ मा स्थापित नेपालकै पहिलो पोखराको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज अहिले धेरै विद्यार्थीको रोजाईमा पर्ने कलेज बनेकोमा खुसी व्यक्त गरे । पालिखेले सबै विद्यार्थीलाई राम्रो अध्ययन गर्न र भविष्यमा सफल उधमी तथा व्यवस्थापक बन्न शुभकामना दिएका थिए ।
सोही अवसरमा नेपालका चर्चित मोटिभेसनल स्पीकर रबिन कट्वालले विद्यार्थी, अभिभावक र कलेजका प्रध्यापकहरुलाई करिव २ घण्टाको उत्प्रेरणामूलक भनाई राखेका थिए । विद्यार्थी र अभिभावकका लागी यो कार्यक्रम अत्यन्त फलदायी भएको प्रिन्सिपल प्रकाश रेग्मीले सफल आवाजलाई बताए ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



