ग्रीन डेभलपमेण्ट बैंकको लाभांश पारित

-



     सफल आवाज    
     चैत्र २८ गते २०७७ मा प्रकाशित



पोखरा, २८ चैत । आज पोखरामा सम्पन्न ग्रीन डेभलमपमेण्ट बैंकको आठौं वार्षिक साधारण सभाबाट ३.८ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभाशं पारित भएको छ । होटल वाराहीमा सम्पन्न वार्षिक साधारण सभाले आ.व. २०७६/७७ को वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुई जना संचालकहरु निर्वाचित गरेको छ ।

साधारण सभावाट प्रकाश कुमार श्रेष्ठ र विश्व मोहन अधिकारी संचालक पदमा निर्विरोध निर्वाचित भएका छन । संचालक अधिकारी लेकसिटी होल्डिङस् प्रा.लिको प्रतिनिधिको रुपमा निर्वाचित भएका हुन । वैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा संचालक प्रकाश कुमार श्रेष्ठले स्वागत गरेका थिए ।

साधारण सभामा वोल्दै नवनिर्वाचित संचालक विश्वमोहन अधिकारीले आफ्नो करिव २५ वर्षको बैंकिङ अनुभवले यो बैंकलाई थप उचाईमा पुर्याउन सहयोग पुग्ने विश्वास गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले शेयरधनीहरुको सुझाव र भावनालाई वुझेर आगामी दिनमा थप रणनैतिक रुपले अगाडी बढ्ने बताए ।