
काठमाडौं, ३० चैत । घरेलु लघुवित्त वित्तीय संस्था र समता लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार वैशाख २ गतेबाट शुरु हुने भएको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २ मा रजिष्टर्ड कार्यालय रहेको ‘घ’ श्रेणीको समता लघुवित्त र काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं ८ मा रजिष्टर्ड कार्यालय रहेको ‘घ’ श्रेणीको घरेलु लघुवित्त एकआपसमा मर्जर भएपछि समता लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार शुरु गर्न लागिएको हो ।
गएको पुस १४ मा घरेलु र समता लघुवित्तको साधारण सभाबाट दुबै संस्थालाई मर्जर गर्ने प्रस्ताव पारित भएको थियो । मर्जर भएपछि लघुवित्तको नाम समता घरेलु लघुवित्त वित्तीय संस्था भएको छ भने केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं ८ मा रहने भएको छ ।
दुबै संस्थाको एकिकृत कारोबार वैशाख दुई गतेबाट हुने भएपछि चैतको ३१ गते दुबै संस्थाको बैंकिङ कारोबार नहुने भएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



