सोमबार सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     चैत्र ३० गते २०७७ मा प्रकाशित



काठमाडौं, ३० चैत । साताको दोश्रो दिन सोमबार आज सुनको मूल्य उकालो लागेको छ भने चाँदी स्थिर रहेको छ । छापावाला सुनको मूल्य रुयैयाँ १०० ले बढेको छ । चाँदी आईतबारकै मूल्यमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहि आईतबारकै मूल्यमा कारोबार भएको छ । आज चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको हो ।