प्रभु क्यापिटलद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

-


     सफल आवाज    
     चैत्र ३० गते २०७७ मा प्रकाशित


काठमाडौं, ३० चैत । प्रभु क्यापिटल लिमिटेडले पोखरा स्थित चण्डिका आधारभूत विद्यालयलाई २ थान कम्प्युटर सहयोग गरेको छ । क्यापिटलले अर्को सामाजिक संस्था कर्म फ्लाइट्स फाउण्डेसनलाई पनि थप १० वटा कम्प्युटर सिपियु सहयोग गरेको छ । क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत दुर्गम क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर प्रविधिको सिकाई तथा अभ्यासमा सजिलो हुनुका साथै कम्प्युटर प्रविधिमा पहुँच विस्तार होस भन्ने उद्देश्यले विद्यालय तथा फाउण्डेसनलाई सहयोग वितरण गरेको बताइएको छ ।

कार्यक्रमका अतिथी प्रभु क्यापिटलका रिसर्च हेड अविरल नेपालले प्रभु क्यापिटलको यो सानो सहयोगले दुर्गम क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु माझ कम्प्युटरको प्राविधिक ज्ञान अभिवृद्धि गर्ने कार्यमा सहयोग पुग्ने विश्वास बताए । कार्यक्रमका प्रमुख अतिथि प्रभु क्यापिटलका लगानी हेड भवन कर्माचार्यले क्यापिटलले आफ्नो व्यवसायको सञ्चालनका साथै सामाजिक क्षेत्रमा पनि सक्दो योगदान गर्दै आएको र आगामी दिनहरुमा पनि आवश्यक क्षेत्रमा कम्पनीले यस्तो कार्यलाई निरन्तरता दिइने बताए ।


प्रभु क्यापिटलले वितरण गरेको १० वटा सिपियुलाई कर्म फ्लाइट्स फाउण्डेसनले मनिटरको समेत व्यवस्था गरी ५ वटा बाग्लुङ्ग र ५ वटा गोरखाका विद्यालयहरुमा वितरण गर्ने कर्म फ्लाइट्स फाउण्डेसनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले बताए ।

शेयर तालिमको निरन्तरता

प्रभु क्यापिटलले शेयर सचेतना कार्यक्रमलाई निरन्तरता दिँद यही चैत्र २७ गते काठमाण्डौ कलेज अफ सेन्ट्रल स्टेटमा विविए र विएसडब्लु तहमा अध्ययनरत विद्यार्थीहरुलाई आधारभूत शेयर तालिम प्रदान गरेको छ । कलेजले किर्तिपुरमा आयोजना गरेको कार्यक्रममा ८५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सोही दिन नै क्यापिटलले ग्वार्को स्थित क्वेष्ट इन्टरनेशनल कलेजमा विविएमा अध्ययनरत विद्यार्थीहरुको लागि १ दिने शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रममा विविएमा अध्ययनरत करिब ८३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।