
पोखरा, ३० चैत । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी पोखरामा जारी छ । गोष्ठीको गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरे ।
गोष्ठीमा प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित चारैसुरक्षा निकायका प्रमुखहरुको सहभागितामा छ । उनीहरुले सम्बन्धित जिल्लाको सुरक्षा स्थितिबारे जानकारी गराउँदै आफ्नो जिल्लामा शान्ति सुरक्षा मजबुद रहेको जनाएका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादलले आगामी राजनीतिक समीकरणका कारण शान्ति सुरक्षामा पर्ने असरप्रति सजग रहन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा भएको गोष्ठी आइतबारदेखि सुरु भएको हो । पोखराको लेकसाइडस्थित माउन्ट कैलास रिसोर्टमा जारी गोष्ठी आवश्यक आगामी सुरक्षा रणनीतिबारे छलफल गर्दै सोमबार सकिनेछ । कार्यक्रममा झण्डै ८० जनाको सहभागिता छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



