
पोखरा, ३० चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले देशलाई निकास दिन कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले पोखरामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले सो कुरा बताएका हुन् ।
उनले संसदलाई काम नदिएर अनिर्णयको बन्दी बनाउने ओली सरकारलाई अब धेरै दिन राख्न नहुने बताए । उनले आगामी मंसिर वा चैतभित्र निर्वाचन गराउने गरी सबै दलको सरकार गठन हुनुपर्ने समेत बताए ।
नेकपा भित्रको विवादले नेपालको राजनीतिमा अस्थिरता आएको बताउँदै उनले एमाले भित्रको गुटको असर संसद र सरकारमा परेको दाबी गरे ।
उनले माओवादी केन्द«ले सरकारको समर्थन फिर्ता नलिनु र मधेशवादी दलले सरकार गठनमा निर्णय नगर्दा ढिलाइ भएको बताए ।
‘अहिलेको मिसन ओली सरकार हटाउने हो । कस्को नेतृत्व हुन्छ भन्ने कुरा पछि छलफल गरे पनि हुन्छ । मलाई त लाग्छ, महन्त ठाकुरको नेतृत्वमा सरकार बनाउँदा पनि काग्रेसलाई फरक पर्दैन,’ उनले भने ।
उनले आगामी भदौ महिनाभित्र कांग्रेसको महाधिवेशन हुनै पर्ने भन्दै उनले आफ्नो उम्मेदवारी सभापति बाहेक अन्य पदमा हुनै नसक्ने स्पष्ट पारे ।
पार्टी सभापति र वरिष्ठ नेता पौडेलबीच सार्वजनिक मञ्चमा देखिने असझदारी दुर्भाग्यपूर्ण रहेको बताए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



