२०७७ को अन्तिम प्रि ओपनिङ सेसन : नेप्से ५.४१ अंकले बढ्याे

-



     सफल आवाज    
     चैत्र ३१ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३१ चैत । आज २०७७ साल को अन्तिम दिन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसूचक कस्तो देखिएला भनेर लगानीकर्ताहरुमा उत्सुकता बढ्नु स्वाभाविकै हो ।

आजको प्रि ओपनिङ सेसनमा नेप्सेले सकारात्मक संकेत दिएको छ । यद्यपी क्लोजिङ समय अपरान्ह ३ वजेसम्म सूचकमा फेरबदल हुनसक्ने कुरालाई नकार्न सकिन्न ।

यो समाचार तयार पार्दासम्मको समय मध्यान्ह १२ वजेसम्म आउँदा नेप्सेमा दोहोरो अंकको बृद्धि देखिएको छ । नेप्से ५.४१ अंकले बढेर २६९६.९७ विन्दुमा पुगेको छ । नेप्से ०.२० प्रतिशतले बढेको छ । उता सेन्सेटिभ इण्डेक्स १.०९ अंकले बढेर ४८१.३९ विन्दुमा पुगेको छ ।

१९८ वटा कम्पनीको शेयर कारोबार भएको छ । २ लाख ५४ हजार २४५ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ३२ करोड २४ लाख १७ हजार १५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

मध्यान्ह १२ वजेसम्म ६ वटा उपसमुहहरुमा रातो लागेको छ । बाँकी रहेका ७ वटामा हरियो लागेको छ ।