नयाँ वर्षमा एनसेलको डबल योजना

- डेटा प्याकमा डबल डेटा भोलुम, रु. ४९९ मै २० जीबी डेटा

-



     सफल आवाज    
     चैत्र ३१ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३१ चैत । नयाँ वर्ष २०७८ अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि ल्याएको यस आकर्षक डेटा योजनाअन्तर्गत डेटा प्याकको खरिदमा उही शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक ५० वा सो भन्दामाथिको रिचार्जमा बोनस डेटा भोलुमको फाइदा पनि लिन सक्छन् ।

सो योजनाअन्तर्गतको डबल डेटा भोलुम डेटा सापटी सेवामा पनि लागु हुनेछ । ग्राहकलाई अझै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्दै यो आकर्षक योजना चैत्र ३१ देखि संचालनमा आएको छ ।

डबल डेटा योजनाअन्तर्गत ग्राहकले ३० दिन देखि १ दिन सम्मका विभिन्न डेटा प्याकहरुमा पुरानै शुल्कमा डबल डेटा भोलुमको फाइदा लिन सक्छन् । यो आकर्षक योजनाअन्तर्गत ग्राहकले ४९९ रुपैयाँमा ३० दिन समयसिमा रहेको १० जीबी डेटा प्याकको खरिद मा थप १० जीबी डेटा बोनस स्वरुपप्राप्त गर्नेछन् । योजनाअन्तर्गत मात्र ४९९ रुपैयाँमा २० जीबी (१० जीबीसहित थप १० जीबी) डेटाको मजालिन सक्छन् । बोनस डेटा पनि ३० दिनको लागि मान्य रहने छ । त्यस्तै १३९ मा १४ दिन समयसिमा रहेको २ जीबी डेटा प्याकको खरिदमाग्राहकले ४ जीबी डेटा भोलुम (२ जीबीसहित थप२ जीबी) को फाइदा लिन सक्छन् ।

त्यस्तै, ३ दिन समयसिमा रहेको ४०० एमबी डेटा प्याक र १ दिनको समयसिमा रहेको १५० एमबी डेटा प्याकमा पनि डबल डेटा भोलुम योजनाअन्तर्गत ग्राहकले ४२ रुपैयाँमा ८०० एमबी डेटा भोलुम (४०० एमबीसहित थप ४०० एमबी) तथा १८ रुपैयाँमा ३०० एमबी (१५० एमबी सहित थप १५० एमबी) डेटाको फाइदा लिन सक्छन् ।

१ दिनको समयसिमा रहेको १५० एमबी डेटा प्याकमा ग्राहकले यो प्याकएनसेलको एप, वेबसाइट तथा च्याटबोट आदि डिजिटल माध्यमबाट खरिद गरेको भएमामात्र योजनाअन्तर्गतको बोनस डेटा प्राप्त हुनेछ । यसका साथै डेटा सापटी सेवाअन्तर्गत ४० रुपैयाँमा ३०० एमबी डेटा खरिद गर्दा यो योजनामा ग्राहकले उहि शुल्कमा ६०० एमबी डेटाको मजा लिन सक्छन् ।

यतिमात्र नभै , नयाँ वर्षको योजनाअन्तर्गत ५० रुपैयाँ वा सो भन्दामाथि हरेक रिचार्जमा उपहार स्वरुपबोनस डेटाले यस योजनालाई थप आकर्षक बनाएको छ ।

५० देखि ९९ रुपैयाँ रिचार्जमा सो येजनाको अवधिभरि ५० एमबीबोनस डेटा प्राप्त गर्दछन् । बोनस डेटा १ दिनको लागि मान्य रहने छ । १०० देखि १९९ रुपैयाँ, २०० देखि २९९ रुपैयाँ तथा ३०० देखि ४९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकले क्रमश १००, २०० र ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त हुनेछ ।

त्यसैगरी, ५०० देखि ९९९ रुपैयाँ रिचार्जमा ५०० एमबीबोनस डेटा तथा १००० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा १००० एमबी डेटा यो योजनाअन्तर्गत बोनस सुविधा छ ।

सो योजनाअन्तर्गतको डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटाले ग्राहकको संचारको बढ्दो आवश्यकतालाई सम्बोधन गर्दै नयाँवर्षमा आफ्ना परिवार तथा साथीभमाईसँग डिजिटल माध्यमबाट सम्पर्कमा रहीरहन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी वा एस्ट्रिक्स १७१२३एस्ट्रिक्स७८ह्यास डायल गरि वैशाख १४ सम्म आवश्यकताअनुसार डेटा प्याक खरिद गर्न सक्नेछन् ।