प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

-



     सफल आवाज    
     वैशाख १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

नयाँ वर्ष २०७८ को पहिलो दिन सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले वर्ष २०७७ निरर्थक नरहेको बताए ।

उनले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताएका छन् ।

सम्बोधन जारी छ ।