
पोखरा, १ वैशाख । नयाँ वर्ष २०७८ अवसरमा पोखराको सिद्धार्थचोकस्थित धौलागिरी पोखरा मार्केटले सटर भाडामा छुट दिएको छ ।
सो मार्केटका ४० सटरमध्ये ५० प्रतिशत बुक भैसकेकोमा बाँकी सटर लिन चाहनेहरुलाई छुट सुविधा दिइएको संचालक हिमाल भण्डारीले जानकारी दिए । परिमार्जन सहित एउटै छानामुनि संचालित सो मार्केटमा नुनदेखि सुनसम्म विशेष छुटका साथ उपलब्ध छ ।
करिब साढे २ रोपनी जग्गा क्षेत्रफलमा फैलिएको सो मार्केटमा १ करोड ६२ लाख रुपैयाँ लागतमा ४० सटर निर्माण गरिएको हो ।
मार्केटमा लत्ताकपडा, खाद्यान्न, रेष्टुरेन्ट, जुत्ता, भाँडा, श्रृंगारिक सामान, तरकारी, फलफूल लगायतका पसल संचालित रहेको अर्का संचालक विकास गुरुङले बताए ।
हिमाल भण्डारी र विकास गुरुङले मिलेर १० वर्षका लागि जग्गा भाडामा लिई सटर निर्माण गरेका हुन् । सो मार्केटमा ६ सय रुपैयाँमै जुनसुकै सामान खरिद सुविधा समेत छ ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



