रुरु जलविद्युत परियोजनाको आइपीओ बाँडफाँड वैशाख ३ गते हुने

-



     सफल आवाज    
     वैशाख १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ वैशाख । रुरु जलविद्युत परियोजनाको आइपीओ वैशाख ३ गते बाँडफाँड गर्न लागिएको छ । माग भन्दा ६१ गुणा बढी आवेदन परेकोले धेरैको हात खालि हुने भएको छ । शेयर बाँडफाँड गोला प्रथाबाट हुनेछ ।

आइपीओमा २ अर्ब ३३ करोड ७७ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । २ करोड ३३ लाख ७७ हजार २२० कित्ता शेयरका लागि १६ लाख ६९ हजार ५६६ जनाले आवेदन दिएका थिए । जो कम्पनीले माग गरेको भन्दा ६१.६५ गुणा धेरै हो ।

सर्वसाधारणका लागि बिक्री गरिएको ३ लाख ७९ हजार १६७ कित्ता शेयरको आधारलाई लिने हो भने ३७ हजार ९१६ जना लगानीकर्ताले न्युनतम १० कित्ताको दरले शेयर पाउने छन् भने १६ लाख ३१ हजार ६४९ लगानीकर्ताको हात रित्तो हुने भएको छ ।

कम्पनीले चैत २० गतेदेखि २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ अंकित ४ लाख ७ हजार ७०६ कित्ता शेयर जारी गरेको थियो । सर्वसाधारणका लागि ३ लाख ७९ हजार १६७ कित्ता शेयर बिक्री गरिएको थियो । ८ हजार १५४ कित्ता शेयर कर्मचारी तथा २० हजार ३८५ कित्ता शेयर म्युचुअल फन्डका लागि छुट्याईएको थियो ।

कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।