ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     वैशाख २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ वैशाख । साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । छापावाला सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ ३० ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ३०० रुपैयाँले बढेर प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार तेजाबी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।