आइतबार बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

-



     सफल आवाज    
     वैशाख ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ वैशाख । साताको पहिलो दिन आइतबार आज सुनको मूल्यमा बृद्धि भएको छ । छापावाला सुनमा आज २०० ले बृद्धि भएको छ । चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसयी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ कायम भई कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।