नेप्से दोहोरो अंकले घट्यो, १२ उपसमूह राताम्मै, ८ अर्ब ८० करोड बढीकाे कारोबार

-



     सफल आवाज    
     वैशाख ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ वैशाख । साताको पहिलो दिन आज नेप्से उल्टो यात्रामा लागेको छ । नयाँ वर्षको अघिको दिन र पछि दुई दिन सकारात्मक लयमा देखिएको नेप्से परिसूचक आज लगानीकर्ताले आशा गरेअनुरुप सकारात्मक लयमा देखिएन ।

नेप्से आज दोहोरो अंकले घटेको छ । नेप्से १.३१ प्रतिशतले घटेको हो । आज ३५.८९ अंकले घटेको नेप्से २६९९.५१ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ६.२९ अंकले घटेर ४८६.१६ विन्दुमा पुगेको छ ।

आज कुल २०७ वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता शेयर खरिदबिक्री भएको छ । यसबाट ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक सबै १२ उपसमूहमा रातो लागेको छ अर्थात उनीहरुको शेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उपादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूह राताम्मै भएका हुन ।