अरुण भ्याली हाइड्रोपावरको ५२ कराेडकाे हकप्रद शेयर निष्काशन

-



     सफल आवाज    
     वैशाख ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ वैशाख । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५० प्रतिशत हकप्रद शेयर आजदेखि निष्काशन तथा बिक्रीका लागि खुल्ला हुँदैछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार ११७ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि ल्याउन लागेको हो ।

यसअघि कमपनीले पहिलो चरणमा ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएको थियो । गएको असोज २१ गते सेबोनमा आवेदन गरिएकोमा फागुन २५ मा हकप्रद शेयर निष्काशन तथा बिक्रीको अनुमति पाएको थियो । शतप्रतिशत हकप्रद शेयर बिक्रीको अनुमति मागेकोमा सेबोनले ५० प्रतिशत बिक्रीको अनुमति दिएको थियो ।

कम्पनीका अनुसार वैशाख २६ गतेसम्म हकप्रद शेयरका लागि आवेदन दिन सकिने समय रहेको छ । शेयर बिक्री प्रबन्धक मुक्रिनाथ क्यापिटल रहेको छ ।