सुनको मूल्य उकालो लाग्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     वैशाख ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ वैशाख । साताकाे दाेश्राे दिन साेमबार आज पनि बजारमा छापावाला सुनको मूल्यमा बृद्धि भएको छ । चाँदीको मूल्य भने स्थिर रहेर आईतबारकै मूल्यमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रुपैयाँ ३०० ले बढेर ९१ हजार रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन रुपैयाँ २०० ले बढेर प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आईतबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।