सरकारद्वारा सार्बजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक

-



     सफल आवाज    
     वैशाख ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ वैशाख । सरकारले सार्बजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बिहानको मन्त्रिपरिषद् बैठकले जारी गरेको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख गरिएकाे छ ।

सरकारकाे आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द गर्न भनिएकाे छ । विवाह, ब्रतबन्ध, मलामी जस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने भनी पुर्णरूपमा रोक लगाएको छ ।

नँया भेरियन्टकाे काेराेनाका बिरामी अत्यधिक बढ्न थालेपछि सरकारले बाध्य भएर याे निर्णय गर्नुपरेकाे बताएकाे छ ।