हुलासको हट डिप गाल्भानाइजिङ फ्यासिलिटी र वेस्ट ट्रिटमेन्ट प्लान्टसहितको ट्युब मिल सञ्चालन

-



     सफल आवाज    
     वैशाख ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ वैशाख । मुलुकको प्रतिष्ठित ब्यावसायिक घराना दिवाकर गोल्छा कर्पोरेसन अन्र्तगतको हुलास स्टिल इन्डस्ट्रिजले अझ परिस्कृत अत्याधुनिक हट डिप गाल्भानाइजिङ फ्यासिलिटी र वेस्ट ट्रिटमेन्ट प्लान्टसहितको नयाँ ८ इन्च सम्मको ट्युब मिल सुरु गरेको छ ।

कम्पनीले हट डिप गाल्भानाइजिङ सन् १९८६ मा र ८ इन्च ट्युब मिल सन् १९९९ मा सुरु गरेको थियो । हुलास स्टिल नेपालमा यी दुवै वस्तुको उत्पादन सुरु गर्ने पहिलो कम्पनी हो ।
गाल्भानाइज्ड पाइपका हिप्को ब्रान्डका गुणस्तरीय ब्ल्याक पाइप उत्पादन गर्दै आइरहेको हुलास स्टील इन्डस्ट्रिज नेपालमा बिजुली तथा टेलिफोनका पोलहरु उत्पादन गर्ने पहिलो कम्पनी समेत हो ।

नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम साथै देशका विभिन्न गाउँ पालिका, नगरपालिका र भारत तथा भुटानका सरकारी निकायहरुद्धारा सन्चालित विभिन्न परियोजनाहरुमा समेत विभिन्न किसिमका पोलहरु आपूर्ति गर्दै आएको छ ।

हुलास स्टील इन्डस्ट्रिज लिमिटेडले ७ देखि १३ मिटरसम्म लम्बाइ भएका र आइएस १७१३–१९८० बाट गुणस्तर प्रमाणित कालो तथा गाल्भनाइज्ड स्टिल टोवुलार पोलहरु उत्पादन गर्दै आएको छ ।

हुलास स्टील इन्डस्ट्रिज लिमिटेडले नेपाल गुणस्तर १९९ को मापदण्ड अनुसार आधा इन्चदेखि
८ इन्चसम्मको (गोलो पाइप) र विभिन्न साइजको सेक्सन र वर्गाकार सेक्सन पाइपको उत्पादन गर्दै आएको छ ।
ट्राफिक लाइट टुबुलर पोल, सडक बत्तीका लागि प्रयोग हुने टुबुलर पोल स्ट्रक्चर÷टावर÷झोलुंगे पुलका उपकरण लगायतमा आवश्यकता अनुसारको निर्माण आदि काम गर्दै आएको जनाएको छ ।