बैंक तथा वित्तीय संस्थामा सुरक्षाका मापदण्ड अपनाउन राष्ट्र बैंकको निर्देशन

-



     सफल आवाज    
     वैशाख ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ वैशाख । राष्ट्र बैंकले कोरोना भाइरसको दोश्रो लहरको कहरलाई मध्येनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई काम गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाई सजगताकासाथ वित्तीय कारोबार गर्न निर्देशन दिएको हो ।

वित्तीय कारोबार गर्दा बैंक तथा वित्तीय संस्थाहरुमा भीडभाड हुन नदिने, भौतिक दूरीलाई कायम गरेर सेवा पर्वाह गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले संभव भएसम्म विद्युतीय माध्यमबाट सेवा लिन दिन, एटिएम बुथहरुको निसंक्रमण गर्न, सेनेटाईजर र टिस्सु पेपरको व्यवस्था गर्न निर्देशन दिएको छ ।

यस्तै राष्ट्र बैंंकले कार्यालयमा समूह विभाजन गरेर काम गर्ने, प्रत्यक्ष सम्पर्क हुन नदिने वातावरण तयार गर्न र आवश्यक परेको खण्डमा घरबाट काम वा सिफ्ट सिस्टममा काम गर्ने वातावरण बनाउन भनेकाे छ ।