फेरि घट्यो सुनको मूल्य, चाँदीको स्थिर

-



     सफल आवाज    
     वैशाख ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ वैशाख । साताको तेश्रो दिन मंगलबार छापावाला सुनको मूल्य ओरालो लागेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । आज छापावाला सुनमा रुपैयाँ ३०० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार कायम भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहि प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । साेमबार पनि चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।