
काठमाडौं, ७ वैशाख । तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभेको सिटिजन्स बैंक इन्टरनेसनले मुनाफा आर्जनमा राम्रो सुधार गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म यस बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
बैंकले अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिको तुलनामा ४१.६१ प्रतिशत नाफा बढाएको हो । बैंकको वितरणयोग्य मुनाफा २२७.५८ प्रतिशत बढेर १ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १३.१९ प्रतिशत बढेको छ भने प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ ।
बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६६ पैसा बढेर १७ रुपैयाँ ६७ पैसा पुगेको छ । बैंकको नेटवर्थ १ रुपैयाँ १० पैसा बढेर १४६ रुपैयाँ ८७ पैसा पुगेको छ । बैंकले निक्षेप ४३.६८ प्रतिशत बढाएर कर्जा लगानी ३७.९२ प्रतिशत बढाएको छ । निस्किृय कर्जा १.८३ प्रतिशतमात्रै देखिएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



