गरिमा विकास बैंकले ९ महिनामा कमायो ६७ करोड ८२ लाख, अधिकांश सूचकमा सुधार

-



     सफल आवाज    
     वैशाख ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ वैशाख । मोफसलमा जन्मिएर काठमाडौंमा अब्बल बनेकाे बिकास बैकहरू मध्येकाे अग्रणी गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३६.६३ प्रतिशतले मूनाफा बढाएको छ । गरिमाले तेस्रो त्रैमास अर्थात चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६७ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकको वितरण योग्य मुनाफा ७ करोड ७३ लाख रुपैयाँबाट बढेर ४९ करोड २ लाख रुपैयाँ पुगेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैककाे खुद ब्याज आम्दानी ९.६४ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा ३६.९७ प्रतिशतले बढेको देखिएको छ ।

गरिमाको प्रतिशेयर आम्दानी ४ रुपैयाँ २७ पैसा बढेर २४ रुपैयाँ ६० पैसा पुगेको छ । बैंकको खराब कर्जा भने थोरै बढेको छ । कर्जा लगानी बढाएसँगै निस्कृय कर्जाको मात्रा भने ०.३४ प्रतिशत विन्दुले बढेर ०.५८ प्रतिशत पुगेको छ । अन्य सबै सूचकहरु राम्रा देखिएका छन् ।