
काठमाडौं, ७ वैशाख । मुक्तिनाथ विकास बैंकको मूनाफा अर्ब नाघेको छ । मंगलबार मुक्तिनाथले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म बैंकले १ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो मूनाफा अघिल्लो आर्थिक वर्षमा मुक्तिनाथले कमाएको भन्दा करिब ४६ प्रतिशतले धेरै हो । बैंकको खुद ब्याज आम्दानी ११.८२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४७.३० प्रतिशत बढेको छ । बैंकको निस्कृय कर्जा भने थोरै बढेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३ पैसा बढेको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४३ पैसा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ११.२५ प्रतिशत बढेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सो बराबरको बोनस शेयर वितरण गरी पूँजी वृद्धि गरेको हो। समीक्षा अवधिमा बैंकको जगेडा कोष २३.८१ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ३९.४३ प्रतिशत बढेको छ भने कर्जा ४३.८९ प्रतिशत बढेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



