नेप्से २.६८ अंकले बढ्यो, ५ अर्ब ५३ करोड बढीको कारोबार

-



     सफल आवाज    
     वैशाख ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ वैशाख । साताको तेश्रो दिन मंगलबार आज शेयर बजारको लय सकारात्मक देखिएको छ । तर आज कारोबार अन्य दिनहरुको तुलनामा कम नै देखिएकाे छ ।

नेप्से परिसूचक आज २.६८ अंकले बढेर २६६४.६१ विन्दुमा पुगेको छ । नेप्से आज ०.१० प्रतिशतले बढेको हो भने सेन्सेटिभ इण्डेक्स ०.५० अंकले बढेर ४७९.६० विन्दुमा पुगेको छ ।

आज कुल २१६ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

समूहगत सूचकांकमा आज केहि सुधार देखिएको छ । आज ४ वटा उपसमूहहरुमा रातो लागेको छ अर्थात उनीहरुको शेयर घटेको छ । बाँकी ९ वटा उपसमूहहरुमा हरियाली छाएको छ अर्थात उनीहरुको शेयर बढेको छ ।

आज रातो लागेका उपसमूहहरुमा बैंकिङ, नीर्जिवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहहरु रहेका छन् ।

हरियाली छाएका उपसमूहहरूमा व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादन, अन्य, माइक्रोफाइनान्स र जीव बीमा उपसमूहहरु रहेका छन् ।