
काठमाडौं, ८ वैशाख । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गते २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्काशन गर्ने तयारी गरेकाे । कम्पनीले सर्वसाधारणको लागि जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीका अनुसार निष्काशन हुने आइपीओबाट ५० हजार ३६५ कित्ता शेयर कर्मचारीको लागि र १ लाख २५ हजार ९११ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणको लागि रहेको छ ।
शेयर लगानीकर्ताहरुले वैशाख २१ गतेसम्म आवेदन गर्न पाउने भएका छन् । माग भए बमोजिमको आवेदन नपरेको खण्डमा लगानीकर्ताहरुले वैशाख ३१ गतेसम्म आवेदन दिन पाउने भएका छन् । न्युनतम १० कित्तादेखि बढीमा २५ लाख १८ हजार २३० कित्ता शेयरका लागि आवेदन दिन सकिने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल तोकिएको छ । आइपीओमा आवेदन दिनका लागि सर्वसाधारणले सेबोनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयबाट आवेदन पेश गर्न सक्नेछन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



