शेयर बजारमा दोहोरो अंकको गिरावट, १२ उपसमूह राताम्मै

-



     सफल आवाज    
     वैशाख ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ वैशाख । साताको चौथो दिन बुधबार आज शेयर बजारको लय सकारात्मक देखिएन । कारोबार पनि उत्साह जगाउने खालको भएन । कारोबार रकममा बढोत्तरी हुन नसक्दा लगानीकर्ताहरु शेयर बजारको लय सकारात्मक लयमा आउने दिनकाे पर्खाईमा रहेका छन् ।

आज नेप्से परिसूचक ३२.४१ अंकले घटेर २६३२.२० विन्दुमा पुगेको छ । नेप्से १.२२ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ६.२१ अंकले घटेर ४७३.३९ विन्दुमा पुगेको छ ।

आज कुल २१४ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज म्युचुअल फण्ड बाहेक सबै उपसमूहरु राताम्मै भएका छन् । उनिहरु सबैको शेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपमसूहहरु सबैको शेयर घटेको छ ।

कारोबारको हिसाबले आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको २५ करोड ४५ लाख ९८ हजार ६३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।