
काठमाडौं, ९ वैशाख । सिभिल बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म आउँदा सार्वजनिक गरिएको वित्तीय विरणहरुमा वित्तीय सूचकांकहरुमा सुधार देखिएको छ ।
चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म बैंकले ५० करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको जनाएको छ । बैंकका अनुसार यो नाफा गत वर्षको सोही अवधिमा भन्दा ३९.३९ प्रतिशतले बढी हो । यसो हुनुको कारण बैंकको निष्क्रिय कर्जा घट्नुलाई मानिएको छ ।
सिभिल बैंकको निष्क्रिय कर्जा ३.४३ प्रतिशतले घटेको छ भने यो १.१३ प्रतिशतमा आईपुगेको छ । समिक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी ९.८७ प्रतिशत रहे पनि संचालन मुनाफा ६२.१७ प्रतिशतले बढेको छ । वितरणयोग्य मुनाफा बढेर ३० करोड ७७ लाख पुगेको छ । यो ११ करोड ६ लाख रुपैयाँमा बढेर आएको विवरण हो ।
बैंकको शेयर आम्दानीमा पनि सुधार देखिएको छ । प्रतिशेयर आम्दानी १ रुपैयाँ ७४ पैसा रहेकोमा बढेर ७ रुपैयाँ ७५ पैसा भएको छ ।
यस आर्थिक वर्षमा बैंकको चुक्ता पूँजी ८ प्रतिशतले बढेर ८ अर्ब ६४ करोड पुगेकोे देखिन्छ । जगेडा कोषको रकम १ अर्ब ४९ करोड पुगेको छ






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



