बिहिबार पनि बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     वैशाख ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ वैशाख । साताको पाँचौ दिन बिहिबार आज पनि सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । आज छापावाला सुनमा २०० रुपैयाँले बृद्धि भएको छ । चाँदीमा २५ रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवयासी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियाे ।

यस्तै तेजाबी सुनको मूल्य आज प्रतितोला ९१ हजार ७०० रुपैया कायम भई कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा २५ रुपैयाँले बृद्धि भएर प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।