नेपाल बैंकले ३ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्दै, ब्याजदर कति ?

-



     सफल आवाज    
     वैशाख १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० वैशाख । नेपाल बैंक लिमिटेडले बैशाख २२ गतेबाट वार्षिक ८ प्रतिशत ब्याजदरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने जानकारी गराएको छ । बैंकले ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हाे । जस्को समयावधि १० वर्ष रहेको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेकोमा त्यसमा सर्वसाधारणको लागि १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता रहेको छ । २१ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिने भएको छ ।

बैंकका अनुसार सर्वसाधारणका लागि जारि गरिने ऋणपत्रमध्ये ७० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याईएको छ । त्यसमध्ये १५ हजार कित्ता बाँडफाँड भईसकेको छ । बैंकका अनुसार सर्वसाधारणले १३ लाख ८५ हजार कित्ता ऋणपत्रका लागि आवेदन पेश गर्न सक्नेछन् ।

ऋणपत्र खरिदको समयावधि वैशाख २६ गतेसम्म रहेको छ । माग गरे बमोजिम आवेदन नपरेको खण्डमा जेष्ठको ५ गतेसम्म आवेदन दिन सकिने भएको छ । लगानी गर्न चाहने लगानीकर्ताले घटीमा २५ र बढीमा ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने भएका छन् ।

यसकाे ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ रहेको छ ।