आईतबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     वैशाख १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ वैशाख । साताको पहिलो दिन बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनमा ४०० र चाँदीमा १० रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन रुपैयाँ ४०० ले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयामा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा १० रुपैयाँले गिरावट भई प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।