
काठमाडौं, १२ वैशाख । नयाँ वर्षको अघिल्लो दिन र त्यसपछिका केहि दिनहरुमा शेयर बजार सकारात्मक लयमा देखिए पनि आशा गरे अनुसार शेयर बजारमा उत्साहको पुनरागमन स्थिर हुन सकेको छैन ।
आज साताको पहिलो दिन आईतबार शेयर बजारमा यस्तै भयो कि शेयर बजारमा पहिरो जाँदा लगानीकर्ताहरुको उत्साह र मनोवल गिराएको छ
लगातार शेयर बजारमा नयाँ नयाँ रेकर्ड कायम हुँदै आए पनि फेरी बजारमा करेक्सन हुन थालेको छ । आज नेप्से परिसूचक ७५.७९ अंकले घटेको छ । यसरी घटेको नेप्से २५७२.२२ विन्दुमा पुगेको छ । नेप्से आज २.८६ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स १२.५६ अंकले घटेर ४६४.०५ विन्दुमा पुगेको छ ।
आज २१५ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सबैको शेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाईड्रोपावर, फाइनाान्स, नीर्जिविन बीमा, उत्पादन, अन्य, माइक्रोफानान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहहरुको शेयर घटेको हो ।
कारोबारको आधारमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक सबैभन्दा अगाडी देखिएको छ । बैंकको ३९ करोड ५२ लाख ५२ हजार ६४० रुपैयाँ बराबरको कारोबार भएको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



