सोमबार सुनचाँदीको मूल्य स्थिर

-



     सफल आवाज    
     वैशाख १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ वैशाख । प्रतितोला करिब एक लाख रुपैयाँ नजिक पुगेर निरन्तर आरोह अबरोहमा रहेको सुनचाँदीको मूल्यमा एकरुपता देखिएको छैन । साताको दोश्रो दिन सोमबार आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन आईतबारकाे झैं प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज स्थिर रहेको छ । यसरी स्थिर रहेको तेजाबी सुन आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा आईतबारको झैं कुनै परिवर्तन नभई प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको छ ।