शेयर बजारमा लगातार पहिरो, नेप्से ६५.५८ अंकले घट्यो, १३ वटै उपसमूह राताम्मै

-



     सफल आवाज    
     वैशाख १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ वैशाख । आज पनि शेयर बजारमा पहिरो गएको छ । अघिल्लो दिन भारि मात्रामा खुम्चिएको शेयर बजारको आजको अवस्था पनि आईतबारको भन्दा फरक देखिएको छैन ।

शेयर बजारमा आएको नकारात्मक संकेतले नवप्रवेशी लगानीकर्ताको गाँसमा ढुंगा लागेको जस्तो महशुस भएको छ भने निरन्तर शेयर बजारमा हेलमेल भईरहेका लगानीकर्ताहरुको मन खिन्न बनाएको छ ।

आज नेप्से परिसूचक ६५.५८ अंकले घटेर २५०६.६१ विन्दुमा पुगेको छ । नेप्से २.५५ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ११.२५ अंकले घटेर ४५२.७९ विन्दुमा पुगेको छ ।

आज २२० वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ५९ करोड ९२ लाख ८ हजार २०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज पनि सबै १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सबैको शेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाईड्रोपावर, फाइनाान्स, नीर्जिविन बीमा, उत्पादन, अन्य, माइक्रोफानान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहहरुको शेयर घटेको हो ।

आज कारोबारको आधारमा अप्पर तामाकोशी हाइड्रोपावरको सबैभन्दा बढी ३१ करोड ७४ लाख ५९ हजार ९३३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

दोश्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २५ करोड २९ लाख ८१ हजार ७४० रुपैयाँ बराबरको कारोबार भएको छ ।

तेश्रोमा नेपाल रि इन्स्योरेन्स कम्पनीको २ करोड २० करोड २४ लाख २१ हजार ६२३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अक्सर राजनीतिक खिचातानी, आन्दोलनको उतारचढाव हुँदाका बखत् शेयर बजारमा सुस्तपन देखिने गरेको छ भने अहिले फेरी काेरोना भाइरसको दोश्रो चरणको संक्रमणको कारण उत्पन्न परिस्थितिले गर्दा शेयरका खेलाडीहरु तथा लगानीकर्ताहरु ढुक्ककासाथ बजारमा झुम्मिन नसकिरहेकाे अवस्था बनेकाे छ ।