
पोखरा, १३ वैशाख । कोरोना नियन्त्रणका लागि कास्कीमा पनि मिनी लकडाउन हुने भएको छ । प्रमुख जिल्ला अधिकारीले सोमबार राति निषेधाज्ञा जारी गर्दै वैशाख १५ देखि २१ सम्म लागू हुने गरी कोरोनाविरुद्ध विभिन्न मापदण्ड अपनाउन आदेश जारी गरेका हुन् ।
जसअनुसार अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने, कास्कीभित्र संचालन हुने यात्रुबाहक सार्वजनिक तथा निजी सवारीसाधनमा जोर विजोर गर्नुपर्ने, अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय बाहेक अन्य बन्द गर्ने भनिएकाे छ ।
दैनिक उपभोग्य पसल, निर्माण सामग्री पसल, औषधी लगायतका पसल खुले पनि अन्य पसलहरु बन्द गर्नुपर्ने आदेशमा उल्लेख छ ।
सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय लगायत बन्द गरिने भएको छ । हेर्नाेस बिस्तृतमा :







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



