
काठमाडौं, १४ वैशाख । बैंक तथा वित्तीय संस्थाहरुको यतिबेला तेश्रो त्रैमासकाे वित्तीय विवरण सार्वजनिक भईरहेको छ । अपरिपक्व वित्तीय विवरणमा कतिको मुनाफा भएको, वित्तीय सूचकहरुमा सुधार आएको देखिएको छ भने कतिको सूचक सन्तोष नभएको पनि पाईएको छ ।
यसै क्रममा चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा हिमालयन बैंकको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको वित्तीय विवरणमा बैंकको अधिकांश सूचकले गिरावट भएकाे देखाएका छन् । चालु वर्षको चैत मसान्तसम्म बैंकको १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा भएको छ । तर यो अघिल्लो वर्षको सोहि अवधिको भन्दा ४४.४५ प्रतिशतले कमि देखिएको छ ।
बैंकको खुद ब्याज आम्दानी तथा अन्य आम्दानीमा भएको गिरावटको कारण खुद नाफामा कमि भएको हो । बैंकको खुद आम्दानी २९.४५ प्रतिशतले कमि भएको छ भने संचालन नाफा ३९.०८ प्रतिशतले घटेको पाईएको छ । चालु आर्थिक वर्षको चैतको मसान्तसम्म हिमालयन बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ७६ लाख रुपैयाँ रहेकाे छ ।
बैंकको शेयर आम्दानी घटेको छ । प्रतिशेयर १६ रुपैयाँ ९० पैसा रहेकोमा घटेर १६ रुपैयाँ ६ पैसामा सिमित भएको छ । चालु अर्थिक वर्षमा बैंकको चुक्ता पूँजी १४ प्रतिशतले बढेको छ । जगेडा कोषमा भने ६.६२ प्रतिशत कमि भएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



